Hari Bahadur (हरि बहादुर)

यस पुस्तकका टपिकहरु

Writer's Wordहरिवंशको हरि बहादुर

Chapter One राजाको घ

Chapter Two पशुपति नाथको जय

Chapter Three छोराको छोरो

Chapter 4 वर्ष सोह्र परिचय चाही चोर

हरिबहादुरबारे हरिवंश

किताबलाई खान दिनु पर्दैन | लाउन दिनु पनि पर्दैन । घरमा एउटा सानो ठाउँमा बस्न दिए पुग्छ । किताब कहिल्यै रिसाउँदा पनि रिसाउँदैन । घुर्की पनि लगाउँदैन । किताबले कहिल्यै झगडा गर्दैन । मुख पनि फर्काउँदैन । किताबलाई चाहेको बेला पल्टाएर पढ्न सकिन्छ र बन्द गरेर राख्न सकिन्छ | किताबलाई पलङकै टाउकोमा राखेर सुते पनि उसले केही दु:ख दिँदैन । पलङबाट खस्यो भने पनि चिच्याएर रुँदैन । किताबसँग घन्टौं कुरा गरेर बस्न सकिन्छ | त्यसैले किताबलाई बेस्ट फ्रेन्ड भन्छु म | मेरो घरको किताब राख्ने न्याकमा मेरा पनि थुप्रै बेस्ट फ्रेन्ड छन् | म तिनीहरूसँग घन्टौं कुरा गरिरहन्छु | मेरो चिना हराएको मान्छे पुस्तकले पनि धेरैको घरको बुक प्याकमा बस्ने मौका पाएको छ | हामीले वर्षीअघि निर्माण गरेको १५ गते, लालपुर्जा, वनपाले, चिरञ्जीवी, सुरबेसुर टेलिचलचित्रहरूको कुरा नेपालीहरूका जमघटमा सुन्न पाइरहन्छौं । प्रहसन चलचित्रहरूमा मात्र रमाइरहेका हामी चिना हराएको मान्छेको प्रकाशनपछि देश-विदेश जहौं गए पनि नेपालीहरूको मुखबाट किताबको कुरो सुन्न पाउँदा चलचित्र प्रह्सनजत्तिकै यो पनि बलियो माध्यम रहेछ भन्ने थाहा भयो । न्युरोडको फुटपाथमा किताब फिजाएर बेच्ने फुटपाथे साहू मलाई देख्दा कराउदै भन्छन, दाई चिया खान आउनुस, मैले तपाईको किताब धेरै बेचे, अझ पनि बेच्दै छु | उनको खुसी देख्दा र सुन्दा, देश-विदेशका नेपालीहरूले अब तपाईंको अर्को किताब कहिले आउँछ भनी गरेको प्रश्न सुन्दासुन्दा मलाई ऊर्जा प्राप्त भएको छ । मलाई चिना हराएको मान्छे लेख्न सधैं घचघचाइरहने मेरा आत्मीय भाइ साहित्यकार रवीन्द्र समीरले अर्को किताब पनि लेख्नुपर्छ भनी दोहोर्याइरहेपछि मैले फेरि कलम समात्ने निर्णय गरेको हुँ । चिना हराएको मान्छे लेख्दा मैले विषय सोच्न परेन | जिन्दगीमा भोगेका घटना नै विषय थिए । अब नयाँ पुस्तक लेख्दा त विषय चाहियो ! विषय के ? उपन्यासका आधारमा धेरै चलचित्र बनेका छन् । तर, चलचित्रका आधारमा उपन्यास ? यस्तो मैले कहिल्यै देखेको छैन । उसो भए आफैं देखाइदिने कि त ? मेरो मन तरङ्गित हुन्छ । मदनबहादुर हरिबहादुर टेलिचलचित्रका आधारमा उपन्यास लेखौं, यसो गरे कसो होला ? एउटा मनले भन्छ, हुँदैन | अर्को मनले भन्छ, हुन्छ । आफ्नै चलचित्रका आधारमा उपन्यास लेख्दा मलाई कारबाही त हुँदैन होला ! मदनबहादुर हरिबहादुरको लेखन म आफैंले गरेको हुनाले मैले कसैसँग स्वीकृति लिनु पनि पर्दैन | आफ्नो मनले स्वीकृति दिए पुगिहाल्छ | मेरो मनले स्वीकृति दियो, मदनबहादुर हरिबहादुर टेलिचलचित्रका आधारमा तँ उपन्यास लेख्न पाउँछस् हरिवंश, लेख् । रातमा उज्यालो र दिनमा अँध्यारो हुँदैन । हरिबहादुर रात हो तर उसको चरित्रमा उज्यालो पनि मिसिएको छ । हाँसो र रिस एकै ठाउँमा अटाउँदैन तर हरिबहादुरको चरित्रमा हाँसो र रिस दुवै अटाउँछ । उसलाई देखेर चिमटौं, कोपरौं, भुत्ल्याएर लडाइदिऊँ जस्तो हुन्छ । तर, हाउभाउ बोलीचाली हेर्दा हौंसो उम्लिन्छ पनि । हरिबहादुर असफलता र मूर्खताको प्रतीक हो । ऊ आफूलाई संसारको सबैभन्दा बाठो ठान्छ तर जहाँ पाइला टेके पनि दश बल्ड्याङ खानपुग्छ । धेरै लक्षणले युक्त भएको मान्छे बन्यो हरिबहादुर । यति धेरै दिमाग घुमाएर हिँड्ने हरिबहादुरले त्यो दिमागलाई सही तरिकाले घुमाउन सकेको भए नेपाल मात्र होइन, संसारै हाक्न सक्ने व्यक्ति हुन्थ्यो । हरिबहादुर टुकुचा खोलाजस्तै भयो | पानी हो तर नाली मिसिएको । तोतेबोली बोल्ने बालक हरिबहादुरलाई देखेर रातोमाटे गाउँका मान्छेहरू भन्थे, यो जस्तो चलाख बच्चा हाम्रो गाउँमा कोही पनि छैन । अधबैंसे हरिबहादुरलाई देखेर भने, यो जस्तो काइते मान्छे यो गाउँमा कोही छैन ।  काइते चरित्र भएका मान्छेहरूले अरूको सम्पत्तिमा आँखा लगाएर थुप्रै सम्पत्ति जोड्न सक्छन् । तर, हरिबहादुरले केही पनि जोड्न र जोगाउन सक्दैन । हरिबहादुर काइते नभएर बुद्धि घाइते भएको चरित्र हो । उसले सम्पत्ति त के आफ्नो शरीरसमेत राम्ररी जोगाएर राख्न सक्दैन । मेरो बसाइ बूढानीलकण्ठको कम्फर्ट हाउजिङमा थियो | माओवादी द्वन्द्व शान्ति प्रक्रियामा परिणत भइरहेको थियो | शान्ति प्रक्रिया, द्वन्द्व समाधान, जातीय सद्भावको सन्देश बोकेको ५४ भागको टेलिचलचित्र निर्माण गर्ने काम महसञ्चारले प्राप्त गन्यो | टेलिचलचित्र लेखनको काम महसञ्चारबाट मैले नै पाएँ । म बिहान छ बजेदेखि कलम र कापी लिएर लेख्न बस्थै | मीराले कालो चिया, ब्लडप्रेसरको ओखती, हट लेमन, नास्ता र बेलाबेलामा ग्रीन टी ल्याइदिन्थिन् । म कहिले बसेर, कहिले घोप्टो परेर, कहिले ओछ्यानमा पल्टेर | कहिले कुरा नआएर उत्तानो परेर छटपटाउँदै रन्थनिन्थै | कहिले एकैपल्ट धेरै कुरा आएर आतिन्थै | बिहानको खाना, दिउँसोको खाजा खाएपछि बिहान गर्नुपर्ने वाक नगरी साँझ चार-पाँच बजे इभिनिङ वाकमा | ती सबै अब सम्झना मात्र भए | आँखा टिलपिलाउने याद मात्र भए । लेख्दालेख्दै नेगेटिभ र पोजेटिभ चरित्र भएको कथा तयार भयो । नेगेटिभ चरित्र बोकेको पात्रको नाम राख्न ज्यादै गाह्रो लाग्छ । सकेसम्म नकारात्मक पात्रको नाम अरूसँग नजुधोस् जस्तो लाग्छ । मैले आफ्नै नामको आधी नाम सापट लिएर पात्रको नाम हरिबहादुर बनाएँ । सकारात्मक पात्रको नाम मदनबहादुर राखेँ | नेगेटिभ र पोजेटिभ भएपछि बत्ती बल्छ । मदनबहादुर हरिबहादुर टेलिचलचित्र पनि बत्तीझैं बल्यो । नेपाल, भारत, बर्मा संसारभरि गरी लाखौं हरिबहादुर होलान् । तर, संसारको कुनै पनि हरिबहादुरको चरित्रसँग यो हरिबहादुरको चरित्र मिल्दैन । यदि मिलेछ भने मेरै चरित्रसँग मिल्ला । कसैसँग मिल्यो भने संयोग मात्रै हो भन्ने चलन छ । यो उपन्यास मदनबहादुर हरिबहादुर टेलिचलचित्रको हुबहु होइन । त्यल टेलिचलचित्रका १५ प्रतिशतजति दृश्य यससँग मिल्छन् । अहिले यो पुस्तक लेख्दा म बूढानीलकण्ठबाट बालकोट आइपुगेको छु । मीराको ठाउँमा रमिला आशा भएर आएकी छन् । अहिले पनि लेख्न बस्दा ब्ल्याक टी, ब्लडप्रेसरको ओखती, खाजा र ग्रीन टी रमिलाले ल्याइदिन्छिन् । भित्तामा झुन्डिएको मीराको तस्बिरले सबै दृश्य हेरिरहेको हुन्छ । म बोल्दा ह्रस्व-दीर्घ, आकार-उकार, अल्पविराम-पूर्णविराम मिलाएर बोल्न सक्छु । तर, लेख्दा धेरै गल्ती हुन्छन् । महसञ्चारका सम्पादक गणेश कँडेलले धेरै मिहिनेत गरी टाइप गरिदिएपछि श्रीमती रमिला पहिलो, छोरा मोहित दोस्रो र त्रिलोक तेस्रो पाठक भए । श्रीमती र छोराहरूलाई त राम्रो लागिहाल्छ । मेरो भाइ रवीन्द्र समीरले पाण्डुलिपि पढेर ’म त ह्याङ भएँ’ भनेर प्रतिक्रिया दिएपछि मेरो मन बलियो भयो | लेखक जुगल भूर्तेल र अमर न्यौपानेलाई पढ्न दिएँ । उहाँहरूले दिनुभएको प्रतिक्रिया शिरोधार्य गरेँ । लेखक भाइ विमल आचार्य र ईश्वरी ज्ञवालीले पुस्तक सम्पादन गरिदिनुभयो | प्रकाशक फाइनप्रिन्टका अजित बराल, नीरज भारी, आवरण फोटोका लागि राजभाइ सुवाल, आवरण चित्रका लागि कविराज लामा र किशोर कायस्थ सबैप्रति आभार व्यक्त गर्छु । मेरा हरेक काममा प्रेरणा दिने परिवारका सदस्य श्रीमती रमिला, जानदेवी, विन्दु, भान्जा शिव ढकाल, साथी नरेन्द्र कंसाकार, भाइ मुकुन्द केसी, राजाराम पौडेल, सिङ्गै रेडियो अडियो समूह, दीपेन्द्र खनियौँ र मेरा आदरणीय दाइ मदनकृष्ण श्रेष्ठलगायत सबैप्रति आभारी छु | - हरिवंश आचार्य

Chapter 1 राजाको घर

काठमाडौंका जनताको घरजस्तो पनि होइन । घर कस्तो भने, एकदम बडेमानको सेतो रङको । झ्यालको चौकोस र खापामा हरियो रङ । छानामा चारवटा बुर्जा । त्यो घर कत्रो त भने सिंहदरबारका छोरा-छोरी वा नाति- नातिनाजत्रो | त्यही घरमा बैठक सजाउने काम गर्ने बूढो, जसलाई त्यहाँ बैठके बूढो भनेर बोलाइन्थ्यो | बैठके कलिलो केटो लिएर त्यहाँ आउँछ । दुई हात जोडेर केही मागेजस्तो गर्दै रानीसाहेबलाई स्वस्ति टक्रयाउँछ । आँप ताछ्दै गरेकी रानीसाहेबले नयाँ केटोको मुखमा पुलुक्क हेर्छिन् । बैठके बूढो बिन्ती गर्छ, ’दु:ख पाएको केटा हो, सानो उमेरमै बाबु-आमा मरेछन् । हजुरआमाले हुर्काएकाले अलि चञ्चले चाहिँ छ । टाठो त टाठो छ हजुर, गोठालोका लागि हुन्छ कि भनेर ल्याएको ।’ 'के नाम हो केटाको ?’ रानीसाहेब सोध्छिन् । 'आफैं बिन्ती चढा रानीसाहेबलाई नाम,’ बैठके बूढोले केटोलाई भन्छ | बाह्रखरी किताबमा मात्रै अ भने आँपको चित्र देखेको केटोले रानीसाहेबले आँप ताछेको हेर्दै तिखो स्वरमा भन्छ, ’मेरो नाउँ हरिबहादुर क्षत्री हो । तेह्र वर्ष भएँ । घर पूर्व एक नम्बर रातोमाटे |’ केटोले केहीबेर रानीसाहेबलाई हेरिरहन्छ र भन्छ, ’अनि, यो तपाईंले काट्नुभएको के हो ? जिब्रो टोक्दै बैठके भन्छ, ’तपाईं भन्नुहुन्छ रानीसाहेबलाई ? हजुर बिन्ती गर्नुपर्छ | यसको नाम आँप हो, पाजी । यो हाम्रो पहाडतिरको ठन्डा ठाउँमा फल्दैन | गर्मी ठाउँमा मात्र फल्छ, मधेसबाट ल्याएको |’ हरिबहादुरले आँपको बास्नाबाटै लोभिएर घुटुक्क थुक निल्दै भन्छ, ’मलाई पनि एउटो टुक्रो दिनूस् न, त्यसो गरे कसो होला ? रानीसाहेब हरिबहादुरलाई आँखा तरेर भन्छिन्, ’बैठके ! सोमत भनेको त एक पैसाको पनि रैनछ तिम्ले ल्याएको केटोको त |’ बैठके टाउको निहुराएर बस्छ । ऊ अनुत्तरित हुन्छ । रानीसाहेब आँप काटेर टुक्रा पार्दै थालमा हाल्छिन् । फाल्नलाई कोया र बोक्रा गोरखापत्रमा बेरेर राख्छिन् | हरिबहादुर पत्रिका खोलेर कोया झिकेर चुस्दै भन्छ, ’यो म खान्छु नि, त्यसो गरे कसो होला ?’ उसलाई अहिलेसम्म खाएको फलमध्ये सबभन्दा मीठो यही लाग्छ । हरिबहादुरले चुसिरहेको आँपको कोया हातबाट चिप्लिएर थालमा खस्छ । रानीसाहेब आगो हुन्छिन् । ’बैठके ! कस्तो अलच्छिना मान्छे ल्याएको तिम्ले ! यत्रो आँप जुठो बनाइदियो । अब सबै फाल्नु पर्ने भयो,’ रानीसाहेब रिसाउँछिन् । 'नफाल्नूस् न, म खान्छु नि, त्यसो गरे कसो होला ? हरिबहादुर भन्छ | उठेर लप्पु खुवाउँदै रानीसाहेब भन्छिन्, ’इस् खालास्, तेरीमा लुच्चो ! यसले जानी जानी कोया चिप्लाएर थालमा पुग्याएको हो | यो एकदम लुच्चो रहेछ | यसलाई हाम्रो गोठमा राख्नुहुन्न | यसले गोठ चोरेर खाइदिन्छ |’ राजा स्कुलबाट सवारी हुने बेला भयो भन्ने हल्ला हरिबहादुरले सुनेको छ | हरिबहादुर छक्क पर्छ । स्कुलका किताबमा अघिल्ला पानातिरै राजा महेन्द्रको फोटो देखेको थियो उसले । राजा सुनेपछि उसलाई लाग्छ, म राजाकै घर पो आएँ कि ? यो घर राजा महेन्द्रको होला त ? फेरि राजा महेन्द्र त ठूलो मान्छे भइसके, स्कुल कसरी गए ? न राजा महेन्द्र स्कुलमा पढाउन पो जान्छन् कि ? मास्टर पो हुन् कि राजा महेन्द्र ! पारेको लङ्गौटीजत्रै धरो कपडा झुन्ड्याएको हरिबहादुरजत्रै केटो ’मुमा’ भन्दै कराउँदै आउँछ र रानीसाहेबको अँगालोमा बाँधिन्छ । उनको पछाडि एउटा बोकेको उद्दे भन्ने अर्दली केटो पनि आएको छ । हरिबहादुरले किताबमा देखेको महेन्द्र राजा र यो घरमा सबैले राजा भनेको मान्छेको अनुहार त पटक्कै मिल्दैन । हरिबहादुरलाई देखेर राजाले सोध्छ, ’मुमा ! यो को हो ?’ रानीसाहेब भन्छिन्, ’गोठालोलाई हुन्छ कि भनेर ल्याएको तर होला जस्तो छैन | लुच्चो रहेछ, नराख्ने, पठाइदिने |’ हरिबहादुरलाई ध्यान नदिईकन राजा आफ्नो कोठामा जान्छ । कपडा फेरेर आउँछ र रानीसाहेबलाई 'क्रिकेट खेल्न जान्छु’ भन्छ | रानीसाहेबले उसलाई ’खाजा खाएर जाऊ’ भन्छिन् । तर, ऊ 'भोक लागेको छैन’ भन्दै निक्लन्छ | र, आँगनमा गएर तीनवटा काठ गाडेर स्टम्प बनाउँछ | राजाका साथीहरू आउँछन् । राजाले टोप लगाउँछ र खुट्टामा घुँडा-घुँडासम्म आउने के-के बाँध्छ अनि पाइन्टभित्र सेतो कचौंराजस्तो पनि हाल्छ । हरिबहादुर अगाडि बसेर सबै हेरिरहेको छ । हरिबहादुर राजालाई प्रश्न गर्छ, 'तिम्रो नाम महेन्द्र हो ? राजा झर्केर भन्छ, 'होइन ।’ 'तिम्रो बाको नाम त्रिभुवन हो ? ’हैन, मेरो नाम योगेन्द्र हो |’ ’अनि, तिमीलाई किन राजा भन्या त ? राजा त महेन्द्र पो त हो |’ बरन्डामा बसिरहेकी रानीसाहेब कराउँछिन्, ’ए ! त्यो मोराले के भन्यो हँ ? ’मुमा ! मलाई तिमी भन्यो यसले,’ राजा छुल्याइहाल्छ । ए । तँ उता गएर बस् ! हरिबहादुरलाई थर्काइदिन्छ राजा । तर, हरिबहादुर क्रिकेट खेलेको हेरिरहन्छ | झमक्क साँझ पर्छ । माइला गोठालो गाईको थुन तानेर बाल्टिनमा दूध थाप्दै छ | बूढो गोठालोको कोठाबाट हरिबहादुर यो सब हेरिरहेको छ । हसिराख, म माथि जान्छु |’ एक गिलास दूध देऊ न मलाई, त्यसो गरे कसो होला ? हरिबहादुर लाडङे पल्टिन्छ | ’रानीसाहेबले थाहा पाइबक्स्यो भने मारिबक्सन्छ’ माइला गोठालो डर देखाउँछ । 'त्यो महेन्द्रकी स्वास्नी हो ? 'होइन, गजेन्द्र जर्साबको रानी |’ ’अनि, राजाको स्वास्नी पो त रानीसाहेब हुन्छे । अरूमान्छेको स्वास्नी पनि रानीसाहेब हुन्छ र ? ’यहाँ त्यस्तै भन्नुपर्छ, तँ पनि सिक् | रानीसाहेब-जर्साब भन्न !’ 'किन सिक्न पन्यो मैले ? भोलि घर पठाइदिने भन्या छ |’ एक गिलास दूध झिकेर माइलाले सिलाबरको कचौरामा हाल्छ र गोठको कुनामा भएको माटोको हिटरमा तताउन बसाल्छ | 'ल, उम्लेपछि खा । काँचो दूध खाएर छेर्लास् । यो कपडाले त्यो कचौरा समातेस्, फेरि हात डाम्लास् नि !’ रातो बलेको हिटर अनौठो लाग्छ हरिबहादुरलाई | सोध्छ, ’यो के चुलो हो ? यसमा दाउरा हाल्नु पर्दैन ? . यो हिटर हो, करेन्टबाट चल्छ | यसमा छुन हुँदैन, करेन्ट लाग्छ । त्यो दूध उम्लन्छ अनि खा, त्यसपछि ऊ त्यो तार थुतेर निभाइदे है |’ हरिबहादुर अचम्म मानी त्यो बलेको हिटर हेरिरहन्छ | गोठमा बलिरहेको बिजुलीको चिमलाई पनि छक्क परेर हेर्छ । दूध उम्लन्छ | कपडाले समातेर भाँडो निकाल्छ र फू. फू. गरी खान < थाल्छ । रातो भएको हिटर बन्द नगरी चिसो हात तातो पार्छ । बूढो गोठालो दमले घ्यारघ्यार गर्दै उठेर खोक्छ र फेरि सुत्छ । हरिबहादुरलाई बोल्ने साथी कोही भएन, खोक्ने साथी मात्रै भयो उसको त । ऊ उत्सुक मनले चुपचाप हेरिबस्छ, एकएक नयौँनयौँ चीज । बलेको चिम हेर्छ | दाउराबिना बल्ने अचम्मको आगो हेर्छ । गाई हेर्छ । ॠई परालको बिछौनामा उग्राएर बसिरहेका छन् । मधुरो बत्तीमा ट्वाल्ल डल्केका गाईका आँखा देखेर हरिबहादुरलाई कताकता डर पनि लाग्छ । जति ङर लाग्छ, उति पिसाबले च्याप्न थाल्छ | बाहिर अँध्यारोमा गएर पिसाब फेर्ने आँट पनि हुँदैन उसलाई | नयाँ ठाउँमा कसैले खुट्टा समातेर तान्यो भने, कुनै जनावरले घिच्याइदियो भने, ऊ डराउँछ । रातो बलेको हिटर हेरिरहँदा हरिबहादुरको मनमा कौतूहल उत्पन्न हुन्छ, हिटरमा पिसाब गन्यो भने के होला ? हरिबहादुर घरमा आगो निभाउन पन्यो भने पिसाब फेरेर निभाइदिन्थ्यो । हजुरआमाले देखिन् भने ’आगोमा देवता हुन्छन्, मुत्नुहुन्छ ? भनेर बेस्कन गाली गर्थिन् । तर, हरिबहादुर आँखा छलीछली आगोमा पिसाब फेरिदिन्थ्यो । आगो निभ्दा चरर. गरेको आवाज सुन्दा आनन्द लाग्थ्यो उसलाई । उसले गाउँ सम्झयो, पिसाब च्याप्न गाह्रो भयो उसलाई । सुरूवाल खोली हिटरमा तुरूक्क के हुन्छ, झड्का लागेर भुइँमा पछारिन्छ र कराउँछ, ’आबुई.. !’ ड्वाङ्ग पड्केको आवाज आएर बत्ती झ्याप्प निभ्छ । घरमा हल्लीखल्ली हुन्छ । एकछिनपछि माइला गोठालो टुकी बालेर दौड्दै आइपुग्छ, ’के ग्या ? बत्ती पनि निभ्यो |’ हरिबहादुर सुरूवालको इजार बाँध्दै हुन्छ । हिटर वरिपरि भिजेको देखेर माइलो कराउँछ, ’हिटरमा तैले ?’ करेन्टको झद्काले हानेर सातोपुत्लो उडेको हरिबहादुर केही बोल्दैन । तैले हिटरमा हो ? माइलाले फेरि सोध्छ | 'हिटर निभाइदिन लाग्या,’ हरिबहादुर सास काढ्छ । 'पिसाब फेरेर ? माइला मुर्मुरिन्छ | हरिबहादुर ’हो’ भन्ने सङ्केतमा टाउको हल्लाउँछ | हरिबहादुरले गाउँमा पिसाब फेरेर आगो निभाएको थियो, कहिल्यै केही पड्केको थिएन । उसलाई यसरी पड्केला र आफूलाई सिस्नोले भन्दा बढी चिल्ला भन्ने लागेकै थिएन । दाउराबिनाको आगो त खत्तम हुने रहेछ भन्ने सोच्यो उसले । माइलाले मुर्मिरिँदै भनिरहेका मिटर, युज, स्विचजस्ता केही शब्द बुझिरहेको छैन ऊ । पिसाब फेर्ने ठाउ नै लाटोजस्तो भइरहेको छ, जीउ सबै रिमरिम गरिरहेको छ | हरिबहादुर डरले मर्न आँटेको छ, तुरी च्यापेर | हरिबहादुर रून थाल्छ, ’मलाई घर पुन्याइद्याओ, त्यसो गरे कसो होला ? रानीसाहेब, उसको छोरा राजा र घरमा काम गर्नेहरू पनि टर्चलाइट बालेर गोठमा आउँछन् । हरिबहादुर लाटो छैन | उल्टै सराप्छ पो, ’आफूहरूचाहिँ माथि चोटामा बसेर मलाई यहाँ गोठको अँध्यारोमा राखेका मर्न नसक्नेहरू । तिमीहरूलाई त हरियो बाँसमा टनटन बाँधेर लग्न नपुगेको ।’ उद्देले हरिबहादुरलाई एक झापड हान्छ ताकेर | अनि भन्छ, ’रानीसाहेबको अगाडि यस्तो बोल्छस् पाखे ? हरिबहादुर पनि कम छैन | अगाडि रहेको हँसिया टिप्छ र भन्छ, ’तेरो पुर्पुरोमा प्वाल पारिदिन्छु, मु.. |’ सबैले जिब्रो टोक्छन् । यो गु-लाई नचलाओ, गु-लाई चलायो भने आफैंलाई गन्ध आउँछ,’ रानीसाहेब लाचारी पोख्छिन् | हरिबहादुर कहीँ चुप लाग्छ र ? 'तिमी नै गु हौ | राजाको स्वास्नी ॠ पो त रानीसाहेब हुन्छ । आफैंले रानीसाहेब भन्न लगाएर |’ ’मुमालाई त्यसो भन्छस्’ भन्दै राजाले कसेर एक लात हान्छ हरिबहादुरलाई । ए ! तँ मलाई लात हान्छस् ? तँ महेन्द्र होस् र, म तँलाई राजा भनूँ ? अहिले म तेरो बाउको.. |’ आइलाग्ने स्वभावको हरिबहादुर किन जाइ नलागोस् । राजा र उद्देले फेरि एकएक लात कस्छन् । हरिबहादुर गल्छ । रून थाल्छ | रातमा सानो स्वर पनि ठूलो सुनिन्छ । ऊ चिच्याइरहेको कति टाठो सुनिएको छ | ऊ भन्छ, ’कीरा पन्या गोडाले तेरा बाउलाई लात हान् । तेरा गोडा ठनक्क भाँचिऊन्, मु.. |’ घरको झ्यालबाट जर्साबले टर्चलाइटको उज्यालो देखाउँदै भन्छन्, ’ए तिमीहरू सब माथि आओ । त्यसलाई कुटपिट नगर, पुक्लुक्क गयो भने !’ रानीसाहेब फतफताउँदै अघि बढ्छिन्, सबै जना पछिपछि लाग्छन् । झरङाट रानीसाहेबको स्वर सुनिन्छ, ’यसलाई भात पनि खान दिनुपर्दैन |’ भोलिपल्ट बिहान नौ बजेसम्म हरिबहादुर बूढो गोठालोको खाटमा निदाइरहेको छ | सैनिक पोसाकमा आएका जर्साबलाई हरिबहादुरको अनुहार इन 'अनुहार हेर्दै उट्टुङ्ग्याजस्तो रहेछ, किन हिटरमा नमुतोस् त !’ अनि, मज्जाले हाँस्छन्, ’हा, हा.. ’ जर्साब हाँसेको देखेर सँगै आएकी रानीसाहेब भन्छिन्, ’नहाँसिबक्स्योस्, थाहा पायो भने हेप्छ मोराले । बरू, जसरी हुन्छ- यसलाई चाँडै पठाइदिनु पर्यो | हरिबहादुर सुतिरहेको छ तर निदाइरहेको छैन । भोलि नै अर्दली लगाएर पुग्याउन पठाइदिन्छु । बरू, भोकायो होला, भात सात टन्न खान दिनु त्यसलाई 'हजुरलाई चाहिँ जो देखे नि दया लाग्ने । चोरलाई त लुगास्रुगा दिएर अबदेखि चोर्न नआइजो भनेर पठाउने हजुर । मलाई चाहिँ आज एक दिन पनि कसरी राख्ने यस्तो अलच्छिनालाई जस्तो भइरहेको छ |’ जर्साब हाँस्दै भन्छन्, 'कोहीकोही बच्चाहरू यस्तै उद्पट्याङ हुन्छन् । अनुहार त मायालाग्दो छ, हेर न ! आँखा चिम्ले नि कान चिम्लन सक्दैन हरि बहादुर । जर्साब हाँस्दै हरियो जिपभित्र छिरेर जिप स्टार्ट गर्न खोज्छन् । जिप जर्साब हाँसेजस्तै गरी खिस्सखिस्स मात्र गर्छ, स्टार्ट हुँदैन । केहीबेरको कोसिसपछि जिप घुरघुर गरेर स्टार्ट हुन्छ | अर्दली स्यालुट गर्दै जिपको पछाडि बस्छ । जिप गेटबाट बाहिर निस्कन्छ | दिउँसो टन्टलापुर घाम छ । राजा स्कुल गएको छ । माइला गोठालोले गाई फुकाएर बाहिर चराउन लगेको छ । रानीसाहेब सुतेकी होलिन् कि क्या क कित का माई बि पिस सिता कत हरिबहादुरले हिजो क्रिकेट खेलेको देखेको थियो | ऊ एउटा गोलोगोलो खाले ढुङ्गो भेट्टाउँछ । त्यो ढुङ्गोलाई ठूलो दर्शनढुङ्गामा पानी राख्दै घोटीघोटी झन्डै बलजस्तै गोलो बनाउँछ । हिजै राजा र उसका साथीहरूले हात घुमाईघुमाई क्रिकेट बल फालेजस्तै गरी चौरमा गएर हात घुमाईघुमाई फाल्छ। गोठभित्र गएर दाउरा काट्ने खुर्पा लिएर बारीतिर जान्छ | बारीमा गएर हेर्दा आफ्नो टाउको भन्दा ठूलो भोगटे फलेको देख्छ । एउटा भोगटे टिपेर भोगटेलाई घुमाईंघुमाई काटेर भोगटेको टोप बनाएर राजाले क्रिकेट खेल्दा टाउकोमा लगाएको टोपजस्तै गरी लगाउँछ र जिब्रो पड्काईपड्काई सिङ्गै भोगटे एक्लैले बुत्याउँछ । एउटा मोटो फेद भएको रूख ढाल्छ र हिजो राजाले खेलेको मुङ्ग्रोजस्तै क्रिकेट ब्याट बनाउँछ । खुट्टामा बलले लाग्ला भनेर छेक्न लगाएको सेतो प्याडजस्तै गरी गोठमा ओछ्याएको सुकुल काटेर खुट्टामा बाँध्छ | हिजो राजाहरूले पिसाब फेर्ने ठाउँमा क्रिकेट बलले लाग्ला भनेर गार्ड राखेको जस्तै गरी भात खौंदा दाल हालेर ल्याइदिएको सिलाबरको कचौरा पखालेर कट्टुभित्र हाल्छ । तीनवटा लट्ठी पनि गाडेर देब्रे हातले नजिकै ढुङ्गाको बल याकेर आफैंले बनाएको ब्याटले बल हान्दै दौडिन्छ । टिनको गेट खोलेर एउटा हात नभएको माग्ने दश-बाह्र वर्षको छोरो लिएर कराउँछ, ’ए हजुर एकमुठी चामल पाए पनि जय मनाएर हजुर |’ ए म यो घरको राजा हुँ | तँ मसँग खेल्छस् ? म तँलाई थुप्रै चामल र पैसा दिन्छु हरिबहादुर भन्छ । ’राजा यसलाई पनि हजुरले यही घरमा राखिबक्योस्, यसले हजुरको सेवा गरेर बस्छ |’ 'हुन्छ, यसले मसँग राम्रोसँग खेल्यो भने म यसलाई यो घरमा राखौंला |’ ’ए जा, राजाले जे जे भनिबक्सन्छ, त्यही त्यही गर,’ माग्ने मानिस छोरालाई पठाउँदै भन्छ | 'ल यो बल यहाँबाट यसरी फाल् । म यसले बल हानेर दौडन्छु | तँ बलले यो तीनवटा लट्ठीमा हान् । बलले यो तीनवटा लट्ठीमा लगाइस् भने तेरो हान्ने पालो आउँछ, बुझिस् ? ए तेरो नाम के ?’ खुसी हुँदै हरिबहादुर भन्छ । ’यसको नाम धनबहादुर हो, राजा |’ ए धने ! ल बल हान् |’ धनबहादुर बल फाल्छ । हरिबहादुर काठले ढुङ्गाको बल हान्छ र दौडन्छ | ब्याटले दुईचोटि बलमा लाग्छ र दुईचोटि लाग्दैन | पाँचचोटिमा धनबहादुरले फालेको ढुङ्गेबलले गाडेका तीनवटा लट्ठीमा लाग्छ । हरिबहादुर   ’ल अब तेरो पालो,’ ब्याट धनबहादुरलाई दिँदै हरिबहादुर भन्छ । खुट्टामा बाँधिदिन्छ । कट्टुभित्रबाट सिलाबरको कचौरा झिकेर धनबहादुरले लगाएको कट्टु खोल्न लगाएर भित्र हालिदिन्छ | माग्ने बूढाले अचम्म मान्दै भन्छ, ’हैन तर्कारी खान मिल्ने कचौरा किन हजुरले त्यस्तो ठाउँमा हाल्दिबक्सेको राजा ? बिटुलो हुन्छ |’ यो ढुङ्गाको बलले त्यसको त्यहाँ लाग्यो भने के हुन्छ ? हरिबहादुर भन्छ | उसले आफूले टाउकोमा लगाएको भोगटेको टोप धनबहादुरको टाउकोमा लगाइदिन्छ | धनबहादुर ब्याट लिएर स्टम्पअगाडि उभिन्छ | हरिबहादुरले हात घुमाएर ढुङ्गाको बल फाल्छ | ’मरे नि बाबा’ भनेर धनबहादुर कराउँछ । माग्ने मानिस आत्तिन्छ | ’लौ न नि, के भयो मेरो छोरोलाई ?’ भन्दै छोरोनजिक पुग्छ ऊ । धनबहादुर झन् चिच्याएर रून थाल्छ, ’ऐया नि बाबा.. !’ हरिबहादुर बारीतिर दौडिन्छ । ’के भयो, को किन रोएको ? झ्यालबाट रानीसाहेब चिच्याउँछिन् । 'हजुर हामी माग्ने हौं | राजाले मेरो छोराको तुन्तुरोमा ढुङ्गाको बलले हानिदिइबक्स्यो.. |’ ’को राजाले हान्देको ? राजा त स्कुल गएको छ |’ यही घरको राजा भनिबक्सन्थ्यो । राजाले ढुङ्गाले हानेर खत्तम पारिदिइबक्स्यो.. |’ रानीसाहेब तल आउँछिन् । माग्नेको छोरो धनबहादुर अझै डल्लो परेर रुँदै छ । माग्ने मानिस छोराको कट्टु खोलेर सिलाबरको कचौरा झिक्छ । ढुङ्गाले लागेर कचौराको धारले धनबहादुरको तुन्तुरो वरिपरि रातो चक्का नै बनाएको रहेछ | उसले भन्छ, ’कस्तो अधर्मी राजा होइबक्सँदो रहेछ | के गरिबक्सेको गरिबको छोरालाई ?' रानीसाहेब भन्छिन्, ’कता गयो त्यो आफूलाई राजा भन्ने ? ’ऊ त्यो सानो पर्खाल उक्लेर भागिबक्स्यो गाई चराएर माइला फर्किन्छ | उसलाई देखेर रानीसाहेब भन्छिन्, ’ए माइला ! त्यो आफूलाई राजा भन्ने मान्छे त्यही मोरो हरिबहादुर होला । बारीतिर गएर खोजेर मुन्ट्याएर लिएर आ त + माइला गोठालो बारीमा हरिबहादुर खोज्दै जान्छ | उसले अनारको रूख काटिएको देख्छ | वरिपरि रूख तास्दा चोइटाका छेस्काहरू यत्रतत्र छरिएको देख्छ । माइला कराउँछ, ’रानीसाहेब जर्साबले डिल्लीबाट ल्याइबक्सेको अनारको रूख काटेर ब्याट बनाएको रहेछ त्यसले |’ हरिबहादुर निगालोको झ्याङपछाडि लुकेर माइलालाई हेरिरहेको छ | माइलाले पनि देख्छ । माटोको डल्लोले हरिबहादुरलाई हान्दै माइला कराउँछ, ’ए मोरा ! तँ बाहिर निस्की । माटोको डल्लो छेल्दै हरिबहादुर दौडन्छ | माइलाले लखेट्छ | हरिबहादुर माइलाकै कोठामा छिरेर भित्रबाट चुकुल लगाउँछ | रानीसाहेब कराउँदै गोठतिर जान्छिन्, ’ए मोरा भतुवा ! तैले त्यो रूख किन काटिस् ? पख, तेरो जात्रा हुन्छ आज । जर्साब सवारी भएपछि तेरो छाला उतारिबक्सन्छ | ए माइला ! त्यो भाग्ला यहाँ बाहिरबाट ढोका लगाइदे त |’ माइलाले बाहिरबाट चुकुल लगाइदिन्छ। रानीसाहेब माग्नेलाई एक पाथी चामल र दश रूपैयौं दिएर ओखती गर्नू भनेर पठाइदिन्छिन् । र, जर्साबको फिर्ती कतिखेर होला भनेर कुरेर बस्छिन् | जर्साब राति मात्र आइपुग्छन् । उनी भग्याङ उक्लदै गर्दा छोरा आएर उनलाई हरिबहादुरका सबै कर्तुत स्वाँस्वाँ गर्दै एकै सासमा सुनाउँछ । जर्साब मुख अँध्यारो पार्छन् | त्यो अनारको रूख जर्साबको प्यारो रूख थियो | घरमा जो आए पनि त्यसमा फलेको अनारको तारिफ गर्थे अनि त्यो अनारको स्वादको कुरा आधा घन्टैसम्म चल्थ्यो | रानीसाहेब कपडा टक्रयाउँछिन् । कपडा फेरेर हातमा कम्मरपेटी बोकेर जर्साब तल ओर्लन्छन् । छोरा र रानीसाहेब पनि तल ओर्लन्छन् र कुरा गर्न थाल्छन् । उनीहरू कुरा गरिरहेको हरिबहादुर सुनिरहन्छ । ’चुकुल खोल्,’ जर्साब भन्छन् । जर्साबको रूखो आवाज सुन्छ हरिबहादुर | हरिबहादुरले नजिकै अम्खरा देख्छ । उठेर अम्खरा हातमा लिन्छ र ढोका खुल्नासाथ पानी भएको अम्खरा बलिरहेको माटोको हिटरमाथि फालिदिन्छ | युज पड्किएर बत्ती झ्याप्प निभ्छ । जर्साबहरू ढोकाबाट भित्र छिर्नेबित्तिकै अँध्यारोको फाइदा उठाउँदै हरिबहादुर फुत्त भाग्छ | रानीसाहेब चाल पाइहाल्छिन् । ’ए त्यो भाग्यो उनी कराउँछिन् । माइलाले सलाई कोरेर टुकी बाल्छ | माइलाले आफ्नो कन्तुरको कब्जा उखेलेको देख्छ । खोलेर हेर्छ र कराउँछ, ’जर्साब मेरो कन्तुर फुटालेछ | सात सय रूपैयाँ घर पठाउन राखेको थिएँ । सब उडाएछ ।’ आजसम्मको सबैभन्दा अँध्यारो लागेको रातमा हरिबहादुर दौडिरहेको छ | बाटो कता पुग्ने हो, केही थाहा छैन | भूत-किचकन्नेको कुरा सुनिरहेको उसलाई कोही भेटिहालियो भने पनि भूत भेटिएला, किचकन्ने भेटिएला भन्ने डर छ | छिनछिनमा सडकमा कुकुरहरूले भुकेर लखेट्छन् । दुइटै हातमा ढुङ्गा टिपेर दौडिरहेको हरिबहादुरले परबाट हिन्दी गीत गाउँदै, आगोको झिल्का उडाउँदै हिँडेको एउटा छायाजस्तो आकृति देख्छ । अगाडि नदौडियोस् भने पछाडि बथानै आएका कुकुरले लखेटिरहेका छन् । दौडियोस् भने भूत हो कि मान्छे हो छुट्याउन गाह्रो छ | मान्छेले नै गाएको रहेछ भने पनि त्यसको गाउने आवाज भूतको भन्दा कम छैन । कुकुरले लखेटेको हरिबहादुर त्यो गीत गाउनेको अगाडि पुग्छ । एक सर्को चुरोट तानेर लट्ठिएको ऊ कुकुरहरूलाई हिन्दीमा गाली गर्छ, ’साला कुत्ता, तुम्हारा बाटो हे ये ? हमको बाटो हिँड्न पनि नही देता हे ?’ हरिबहादुर ढुक्क हुन्छ, रहेछ, भूत होइन रहेछ भनेर । कुकुरहरूले पनि हिन्दी बुझ्दा रहेछन् क्यार ! त्यो गाली खाएपछि सबै कुकुर फर्केर जान्छन् । ’ए केटा, तँ यतिबेला कता हिँड्या हँ ? तँ चोर होस् कि क्या हो ? हैन, मेरो घर पूर्व एक नम्बर रातोमाटे हो, यहाँ नोकरी गर्न पठाइदिएको मलाई, बस्न मन लागेन अनि भागेको ।’ ’अब कहाँ जान्छस् तँ फुच्चे ?’ 'तपाईं जहाँ जानुहुन्छ, मलाई पनि सँगै लग्नूस् न, त्यसो गरे कसो होला ? सुनाइस् फुच्चे । तपाईं जहाँ जानुहुन्छ, मलाई पनि सँगै लग्नूस् रे । गाउँछ- तु जहाँ जहाँ चलेगा, मेरा सायौँ साथ होगा.. । तपाईं जहाँ जानुहुन्छ, मलाई सँगै लग्नूस् रे ? यस्तो डाइलग त मेरी स्वास्नीले पनि कहिल्यै भन्दिन । मसँग पैसा भएको भए म तँलाई टन्न खुवाउँथं, बुझिस् ? टन्न खुवाउँथै |’ पैसा मसँग छ नि ! मलाई पनि एकदम भोक लागिरहेको छ, खान पाइन्छ |’ ए, पैसा भएपछि पाइहालिन्छ नि ! म लग्छु नि तँलाई |। मसँग हिँड् फुच्चे | उनीहरू भट्टीमा जान्छन् । त्यहाँ खानपिन चलिरहेको देख्छन् । सात सय रूपैयौँमध्ये साठी रूपैयाँ खर्च गरेर भट्टीमा जम्मा भएका पाँच-छ जनालाई भोज खुवाउँछन् । हरिबहादुरले पनि पिरो आलु, भटमास चिउरा, छोइला, भुटन के के हो के के, धेरै थोक खाएर पेट अटेसमटेस बनाउँछ । साहूनीले जाँडले मात्तेकाहरूलाई बल्लबल्ल बाहिर निकालेर ढोका लगाउँछे । सबै जना तितरबितर हुन्छन् । हरिबहादुरलाई लिएर आउने भन्छ, 'हिँड, म सुत्ने ठाउँमा लिएर जान्छु |’ हरिबहादुर पछिपछि लाग्छ ।

Chapter 2 पशुपति नाथको जय

पशुपतिको मूल ढोकाअगाडि झिलीमिली बत्ती बलेका छन् । पसलको सिसाको दराजमा थरीथरीका मिठाई देखाएर राखिएका छन् । बाँदरैबाँदर देखेर हरिबहादुर सोच्छ- पशुपतिमा त मान्छेभन्दा धेरै बाँदर हुँदा रहेछन् । पशुपतिभित्र बडेमाको पित्तलको साँढे देखेर छक्कै परेर हेर्छ । पशुपति मन्दिरवरिपरि उडेको गन्ध उसको गाउँको खोलामा मान्छे जलाउँदा आउने गन्धजस्तै लाग्छ उसलाई । खुट्टा तन्काएर पशुपतिको पूर्वपट्टि बारबाट तल हेर्दा नदीमा मान्छे नुहाइरहेको देखेर हरिबहादुर पनि सिँढीबाट ओर्लन्छ र मुख धुन भनी पानी छुन्छ । घाटतिरबाट मान्छे रोएको आवाज आउँछ । पुलुक्क हेर्छ । लास जलाइरहेको देख्छ । र, अरू लास जल्नलाई पालो पर्खेर बसेको पनि देख्छ । लासैलास देखेर हरिबहादुर आर्यघाटपारिको सिँढी एकै सासमा उक्लेर माथि पुगेर घाँटी तन्काईतन्काई हेर्छ । पशुपतिनाथलाई चारै ढोकाबाट ढोग्छ र वरदान माग्छ, ’मेरो हजुरआमा कमलीदेवी क्षत्रिनी एक सय दुई वर्ष बाँचून् र मेरो काका पूर्णबहादुर क्षत्रीले चाहिँ आजको रात काट्न नपाऊन् । काकी पनि काकासँगै जाऊन् |’ तर, आफूलाई चाहिँ केही माग्न पनि बिर्सन्छ | पशुपति दर्शनपछि मूलढोकाबाहिर भएको पसलभित्र छिर्छ र जेरी, स्वारी, पेडा, बर्फी, केराउको तरकारी, सेल, जे-जे देख्यो त्यही त्यही मगाउँछ । साहूजी ’पैसा छ ? भन्छ । हरिबहादुरले पैसा देखाउँछ । पसलबाट बाहिर निस्केपछि अलिक पर आँप बेचिरहेको देख्छ । रानीसाहेबले आँप ताछेको, माग्दा आफूलाई नदिएको सम्झिन्छ ऊ । खोया चुसेको स्वाद, खोया चिप्लेको दृश्य सबै एकैपल्ट सम्झन्छ र दुई पाउ आँप पनि किन्छ | आँप किनेर अलि पर पुगेको मात्र के थियो, अकस्मात् बाँदर उसको काँधमा आइपुग्छ । उसलाई एक झापड दिएर आँप खोसेर लैजान्छ । बाँदरले हानेको झापड उसको काका पूर्णबहादुरले हानेको भन्दा ठूलो लाग्छ उसलाई |। सबै ’ए ए ए’ भनेर कराउँछन् । नजिकैको छानामा स्वाद लिईलिई हरिबहादुरबाट खोसेको आँप खान्छ | हरिबहादुर फेरि अर्को दुई पाउ आँप किनेर कमिजको फेरले छोपेर वनकालीको जङ्गलतिर जान्छ । हरिबहादुरको सानो पेटभित्र धेरै थरी मिठाई, केराउको तरकारी, सेल, जेरी, स्वारी र दुई पाउ आँप बस्न ठाउँ पुगेनछ । पेटभित्रका खानेकुराहरू आपसमा धकेलाधकेल गर्न थाल्छन् । बाझाबाझ गर्न थाल्छन् । पेटभित्र गड्याङगुडुङ गरेको आवाज बाहिरसम्म सुनिन्छ | हरिबहादुरको शरीरका तल-माथि दुवैतिरका ढोका खोलेर खानेकुरा हाम्फाल्न थाल्छन् । खानेकुरो हाल्ने ढोकाबाट पनि खाएका कुरा बाहिर आउन थाले | केहीबेरपछि माथिको ढोका बन्द हुन्छ तर तलको ढोका भने बन्द हुन्न | वनकालीको रूखमुनि हरिबहादुर टुक्रुक्क बस्छ | लामो लामो जगल्टा परेको कपाल । शरीरभरि खरानी धसेको | लाज छोप्न धर्कोजत्रो लगौंटी लगाएको गाँजा बाबाको कुटीको पछाडिबाट ’मरे नि बाबा, मरे नि बाबा.’ भनेर कराएको आवाज सुनेर गांजा बाबाले चिलिमको धूवाँ फुस्स निकाल्दै भन्छ, ’कसले मेरेको बुलाएको छ, गाँजा बाबा, गाँजा बाबा बोलके ? कुटीमा जम्मा भएका गँजडीहरू कान थाप्छन् । भएको गाँजा बाबा आफ्नोअगाडि उभिएको देखेर हरिबहादुरको सातोपुत्लो उड्छ र कराउँछ, ’आबुई.. !’ 'के भएको छ तिमीलाई ? म तिम्रोको दबाई करिदिन्छु । आऊ मेरेको कुटीमे | कुटीमा पुगेपछि हरिबहादुर दुई अम्खरा पानी पिउँछ । गाँजा बाबाले चिलिमबाट एक सर्को तानेर फुर.... धुवा उडाउदै हरिबहादुरलाई चिलिम तेर्साउँछ, ’ल एकदम तानिदे, यो एकदमसे शरीरको सब आन्द्राभुँडीको सुलाइदिन्छ । तेरोको ठीक भइजान्छ |’ गाँजा बाबाका वरिपरि बस्ने गँजडीहरू भन्छन्- तान् तान् ठीक हुन्छ आन्द्राभुँडी सब सुत्छ क्या तेरो | हरिबहादुरले गाउँमा चुरोट, बिडी, तम्बाखु त तानेकै हो तर गाँजा पहिलोचोटि तान्छ । ’और खिच् और खिचू,’ गाँजा बाबा भन्छ | बिहान बिउँझिदा हरिबहादुरलाई भैंसीको जीउमा टाउको राखेर सुतेको हो कि जस्तो हुन्छ | निद्रा पूरै खुलेपछि थाहा हुन्छ, खरानी घसेको गाँजा बाबाको ढाडमा पो टाउको अड्याएर सुतेको रहेछ । ऊ उठ्छ र इजार छाम्छ । इजारको घरभित्र राखेको पाँच सय चानचुन पैसा हुँदैन । ऊ खडङ्ग्रङ्ग हुन्छ । बलेको हिटरमा मुत्दा करेन्ट लागेझैं झनन्न हुन्छ उसलाई । ’मेरो पैसा खै ? हरिबहादुर एक्कासि कराउँछ । के बात कर्छ यो ? गाँजा बाबा रातो आँखा पल्टाउँदै भन्छ । ’मेरो इजार-घरमा पाँच सय रूपैयाँभन्दा धेरै थियो, खै ?’ रूपैयाँ हामीलाई मालुम भएको छ ?’ बाबाको धुनीबाट अगुल्टो उठाएर ताक्दै हरिबहादुर भन्छ, ’मेरो पैसा तिम्ले नै लिएका हौ । पैसा दिने भए देऊ, नत्र यही अगुल्टोले हानिदिन्छु |’ 'तेरो रूपैयौँ चोरी कर्छ गांजा बाबाले ? 'तिम्ले नचोरेको भए कस्ले चोर्छ त ?’ ’रातमे गांजा तानेको बखतमे सिर्फ गाँजा बाबा थियो ? अरू आदमी नही थियो ? और कोही आदमीले तेरो रूपैयाँ उडाइदियो । त्यहीँ पशुपतिनाथ छ | यता गुह्येश्वरी माता छ । उनहीका. कसम गाँजा बाबा तेरेको पैसा चोरी नगरेको |’ हरिबहादुर पैसा हराएको तोडमा रून्छ | गाँजा बाबा गाँजाको नशामा चित्त दुखेर रून्छ । उसको रूवाइ हेर्दा लाग्छ, उसले हरिबहादुरको पैसा चोरेको छैन । कुनचाहिँ गँजडीले हरिबहादुरको पैसा उडाइदियो ? त्यो पशुपतिनाथ-गुह्येश्वरी मातालाई मात्र थाहा होला । बाबाको कुटीबाट रुँदैरुँदै झर्छ हरिबहादुर | र, पशुपति मूलढोकाअगाडिको हलुवाई पसलनिर पुग्छ । उसको हैसियत हिजोजस्तो छैन । हिजो ऊसँग गोजीभरि पैसा थियो । शरीरका दुवै ढोका खुल्ने गरी खाएको थियो | आज व्यापार व्यवसाय सब डुबेको व्यापारीजस्तो भएको छ । पेडा खाएको हेरिरहेको छ । हरिबहादुरलाई देखेर साहू प्रश्न गर्छ, ’ए केटा, तिमी काम गर्छस् ? के काम ? खान पाउँछ, सुत्न पाउँछ । काम हेरेर पैसा पनि दिन्छु महिनाको दश रूपैयाँ जति ।’ हरिबहादुर 'हुन्छ’ भन्छ । ’ल त्याँ गएर भाँडा पखाल् |’ 'पहिले खान दिनूस् न, भोक लागिरहेको छ ।’ साहूले जेरी, स्वारी, सेल र तरकारी राखेर दिन्छ । ’ए साहूजी अलिकति थपिदिनूस् न !’ हिजो खाएको जति सब चुहिएर उसको पेट खाली भएको थियो । त्यसमाथि गाँजाको असरले झन् धेरै भोकाएको छ । ’अहिले बाह्र बजे भात खान पाउँछस् |’ 'अहिले अलिकति थपिदिनूस् न, पुगेन क्या | त्यसो गरे कसो होला ? साहूले नेपाल भाषामा के-के भन्यो, ऊ बुझ्दैन । तर, कस्तो खन्चुवा रहेछ भनेको चाहिँ अन्दाज हुन्छ उसलाई । साहूजीले मन नलागीनलागी एउटा सेल र तरकारी थपिदिन्छ । हरिबहादुरले एक्कैछिनमा खाएर फेरि साहूजीको मुखमा पुलुक्क हेर्छ । 'ल अब भाँडा नै पखाल्, साहूजी अह्राउँछ । हरिबहादुर जुठा भाँडा पखाल्न थाल्छ । पसलभित्र एउटा बाँदर पस्छ र मिठाई टिपेर खान्छ । सब मान्छे तर्सन्छन् । साहूले गाली गर्दा मुख गिज्याएर साहूलाई गाली गर्छ | त्यो बाँदरलाई धपाउने आँट कसैले गर्दैन । होटलको एउटा केटा गुलेली लिएर आउँछ । बाँदरले फेरि मुख गिज्याउऊँछ र केटोलाई झम्टन खोज्छ | त्यो बाँदर हिजो आफूलाई झापड हानेर जानेजस्तै लाग्छ हरिबहादुरलाई । ऊ भाँडा माइन छोडेर केटोको हातबाट गुलेली खोस्दै भन्छ, ’ले म हान्छु |’ मट्याङ्ग्रा राखेको गुलेली कानसम्म तन्काउँदै हान्न खोजेको मात्र के हुन्छ, हरिबहादुरलाई झम्टिन्छ | हरिबहादुर रन्थन्नेर रून थाल्छ | साहू हरिबहादुरलाई भन्छ, ’तँलाई कसले त्यो बाँदरलाई हान्न जा भन्याथ्यो | त्यो बाँदर एकदम हरामी छ भन्ने थाहा छैन ? एक जना ग्राहक भन्छ, बाँदरले टोकेपछि त इन्जेक्सन दिनुपर्छ |’ टोक्छ । मलाई नै कतिचोटि टोक्या छ ।’ अनि, सुक्कसुक्क गरिरहेको हरिबहादुरलाई हेर्दै भन्छ, ’तँ काम नगर । एकछिन त्यहाँभित्र गएर बस् ।’ पसलभित्र एउटा कोठा छ । पसलमा काम गर्नै सात-आठ जना केटाहरू सुत्ने त्यस कोठामा हरिबहादुरजत्रै दुई जना केटा ज्वरो आएर सुतिरहेका छन् । उनीहरूकै छेउमा बस्छ ऊ । एकछिनपछि सिसीमा ओखती लिएर साहूजी भित्र आउँछ र कपासमा झोल ओखती चोपेर हरिबहादुरको गालामा दलिदिन्छ | हरिबहादुरको गाला उसलाई टोक्ने बाँदरको पछाडिको जस्तै रातो हुन्छ । ओखतीले घाउ चम्याएर कराउँछ, ’आधथ्था..!’ साहू भन्छ, 'अलिकति पोल्छ | मामपाखा, किन बाँदरलाई चलाइस् त ?’ हरिबहादुर कराउँछ, ’आत्था ! म त्यो बाँदरलाई मारिदिन्छु |’ चर्पी जान बाहिर निस्केको हरिबहादुरले गाला टोकुवा नजिकैको सत्तलको छानामा बसेर अरू बाँदरलाई हप्काइरहेको देख्छ । हरिबहादुर हत्त न पत्त दौडेर गुलेली बोक्दै माथि झ्यालमा पुग्छ । बिस्तारै झ्याल खोल्छ | कानसम्म तन्काएर छोड्छ । गाउँमा गुलेलीले चरा मारिरहेको हातले चराजत्रै बाँदरको अण्डकोषमा ठ्याक्कै लगाउँछ | ढल्छ र भिरालो सत्तलको छानाबाट गुड्दैगुङ्दै तल भुइँमा भ्वाक्क खस्छ । हरिबहादुर झ्यालबाट कराउँछ, ’मैले त्यो ठाउँमै गुलेली हानेर लडाइदिएँ । तल खसेर मन्यो जस्तो छ । मलाई टोक्याथ्यो नि ! मेरो आँप लुद्याथ्यो नि ! त्यसले चिन्यो होला नि अब त हरिबहादुरलाई |’ बिस्तारै बिस्तारै च्याइँच्याइँ र चुइँचुइँ गर्दै बाँदरहरू सयौंको संख्यामा जम्मा हुन्छन् । पशुपति-गुह्येश्वरीवरिपरि जति बाँदरहरू छन्, सबै त्यहाँ जम्मा भए होलान् । त्यतिको संख्यामा मानिसको जुलुस आएको भए अञ्चलाधीशलाई खबर भइसक्थ्यो र प्रहरीले लाठीचार्ज गरिसक्थे होलान् । मान्छेको जुलुस र बाँदरको जुलुसको प्रकृति फरक हुँदो रहेछ | मान्छेको जुलुस सडक-गल्लीभरि मात्र हुन्थ्यो । तर, बाँदरको जुलुस त सडक, गल्ली, घरको छाना, कौसी, बार्दली, बिजुलीको तार सबैतिरबाट ओइरिँदा रहेछन् । सबै जना पसलको झ्याल-ढोका ढप्काउँछन् । छिमेकीहरू झ्याल आधी खोल्दै कराउँछन्- त्यसरी मर्ने गरी हान्न हुन्छ बाँदरलाई ? तर्साउन पो त पर्छ | बाँदरको जुलुसले गर्दा पशुपतिको मूल ढोकाबाट भक्तजनहरू ओहोरदोहोर गर्न सक्दैनन् । हरिबहादुर कोठामा गएर कसैसँग नबोली भात मुछेर गाँस मुखभित्र छिराउँदै हुन्छ । साहू आएर कराउँछ, ’तँ त दशा नै भएर आइछस् घरमा, किन त्यसरी हानेको ? त्यो बाँदरको रिस कस्तो हुन्छ भन्ने तँलाई थाहा छ ? तिनीहरूले चिन्छन्, कुन घरबाट हानेको, कसले हानेको भनेर । अब तँलाई के गर्छ त्यो बाँदरहरूले, थाहा छ ? त्यो बाँदर अगाडि फर्केको थियो, त्यसले कसरी देख्छ र भन्लास् ? अरू बाँदरले देख्छ । यिनीहरू हामीले जस्तै कुरा पनि गर्छ, हामीले पो त बुझ्दैन |’ सडकमा ढलेको अलिअलि हातखुट्टा चलाउन थाल्छ । जति हातखुट्टा चलाउँछ, उतिउति वरिपरिका बाँदरहरू च्याँच्याँ र गर्न थाल्छन् । एकछिनपछि बाँदरले आँखा पुलुक्क हेर्छ र बिस्तारै उठ्छ । गुलेली हान्ने झ्यालमा हेरेको हेन्यै गर्छ । झ्यालको प्वालबाट चिहाएर हेरिरहेको साहूजी आफ्नो घर बाँदरले घेराबन्दी गरेको देखेर भन्छ, ’का म्याम, अब के हुने हो !’ तेह्र वर्षको हरिबहादुरभन्दा अलिकति मात्रै होचो जोख्यो भने हरिबहादुरभन्दा पनि दुई धार्नी गह्रौं हुन्छ होला | निकै बेर झ्यालमा हेर्छ अनि छिमेकीको कौसीमा उक्लन्छ | त्यहाँबाट हातले समात्दै माथि पुग्छ र माथिल्लो कौसीबाट हलुवाई पसलको गुलेली हान्ने झ्यालमा पुग्छ अनि यताउता हिँड्न थाल्छ । साँझसम्म पनि सयौं बाँदरले सडक, मान्छेका झ्यालढोका सब बन्द गराएका छन् | बाँदरको हडतालमा कोही मान्छे पनि बाहिर निस्कने आँट गर्दैनन् । साहूजी हरिबहादुरलाई आँखा तर्दै भन्छ, गरेर यत्रो सामान खेर गयो |’ ऊ डेक्वीभरिको केराउको तरकारी, जेरी देखाउँछ । भोलि तताएर बेचिदिनूस् न, त्यसो गरे कसो होला ?’ भोलि पनि तेरो बाउ बाँदर पसलमा आयो भने नि ?’ ’बाउ हैन काका ! मेरो काका ठ्याक्कै त्यस्तै छ |’ हरिबहादुर रातभरि सुत्न सक्दैन । बिहानको चार बज्छ । बाटोमा भक्तजनहरू शम्भो शम्भो भनेर कराएको सुनिन थाल्छ । पसलमा काम गर्ने सबै केटा भने मस्त सुतिरहेका छन् । काँधमा चढेर बदला लिने हो कि भन्ने डर हरिबहादुरलाई छ । जसरी भए पनि पूर्व एक नम्बर रातोमाटे गाउँ पञ्चायतको बाटो तताउने सोच्छ | अनि, बिस्तारै भित्री ढोकाबाट पसलभित्र छिर्छ | पसलको पैसा राख्ने कन्तुरमा ताल्चा लगाइएको छ । नजिकैको पन्युको बिंड छिराएर कन्तुरको ताल्चा उप्काउँछ हरिबहादुर । कन्तुरभित्र एक, पाँच, दश रूपैयाँका नोट छुट्टाछुट्टै चाङ लगाएर राखिएको छ । सुका, मोहोर, प्वाल परेको चार पैसा, तामाका पाँच-दश पैसा, दुई पैसा सबै उसले जय नेपाल लेखेको जुटको झोलाभित्र हाल्छ । ऐना लगाएको दराजभित्रबाट पेडा, लड्डु, बर्फी, बखता पनि कागजमा पोको पारेर त्यही झोलाभित्र हाल्छ र पसलको ढोका बिस्तारै खोल्दै दायाँबायाँ हेर्दै कुलेलम ठोक्छ ।

Chapter 3 छोराको छोरो

रातोमाटे गाउँ पञ्चायतमा विद्यालय छैन । त्यहाँका बालबालिकाले दुई घन्टा हिँडेर काउले गाउँ पञ्चायतको त्रिभुवन माध्यमिक विद्यालयमा गएर पढ्नुपर्छ | हरिबहादुर र उसको काका पूर्णबहादुरका पन्ध्र र तेह्रवर्षे छोराहरू तेजबहादुर र अक्कलबहादुर पनि त्यही विद्यालयमा पढ्छन् । क्रमश: तीन, आठ र छ कक्षामा | विद्यालय जाने बेला भएपछि हरिबहादुर कहिले पेट दुख्यो, कहिले खुट्टा दुख्यो भनेर फत्रकफत्रक पर्छ | हप्तामा दुई दिन जतिचाहिँ काका पूर्णबहादुले लात्ताले हानेर पठाउँछ । विद्यालय जाँदा-आउँदा झन्डै एक घन्टा त वनको बाटो नै हिँड्नुपर्छ | एक दिन विद्यालयबाट फर्कदा गोविन्द जैसीका दशवर्षे छोरा मन जैसीलाई चितुवाले झम्टन्छ । भोलिपल्ट बिहान जङ्गलमा मन जैसीको रगत लतपतिएको लुगा र हड्डी मात्र भेट्टिन्छ । अनि, रातोमाटेबाट विद्यालय जान बन्दै हुन्छ | सधैं एउटा-एउटा बहाना बनाएर विद्यालय नजाने हरिबहादुर त हाइसन्चो मान्छ | तर, पूर्णबहादुर आफ्ना छोराहरूलाई काउले गाउँ पञ्चायतमा डेरा लिएर त्यहीं पढ्न राख्छ | हरिबहादुरकी हजुरआमा कमली आमाले ’हरिबहादुरलाई पनि सँगै डेरामा राखेर पढाइदेओ, पढाइ नछुटाइदे न’ भन्दा पूर्णबहादुरले ’त्यो स्वाँठलाई सँगै राख्यो भने मेरा छोराहरूलाई पनि बिगार्छ’ भनेर मान्दै मान्दैन। कमली आमाको मन खिन्न हुन्छ | ’के गर्नु हरिबहादुर नातिका पनि बाउआमा भएका भए छोरालाई जसरी भए पनि पढाउँथे होलान् । बाउआमा मरिहाले, म बूढीले केही गर्न सक्दिनँ,’ उनी सोच्छिन् । बेहोरा पनि दुई पैसाको छैन हरिबहादुरको । कति चञ्चल, कति छुकछुक । के मिजास दिएर पठाएका होलान् भगवान्ले पनि । बिहान भात निलेर घरबाट फुत्त भागेपछि दिनभरि बेपत्ता हुन्छ । एकैचोटि साँझ परेपछि आउँछ र काकाको गाली सँगसँगै भात खान्छ । अनि, हजुरआमाको ढाडमा टाउको राखेर निदाउँछ र एकैपल्ट बिहान आठ बजे उठ्छ । कमली आमाले दिनहुँ अर्काको वचन सुन्नुपर्छ, तिम्रो नातिले फलफूल चोरेर खायो, तिम्रो नातिले मेरा छोराछोरीलाई कुट्यो, मेरो छोरालाई बिगान्यो, चोर्न सिकायो । यस्तो गुनासो सुनेपछि काका पूर्णबहादुरले उसलाई बेस्कन भकुर्छ | तर, सुध्रिनु त कता हो कता, ऊ अझ बिठ्याईँ गर्छ | बाहिर गएर रातो माटोले पोतेको आँगनमा कम्मर घुमाईघुमाई पिसाब फेरेर काकाको नाम लेखिदिन्छ । पिसाबले आफ्नो नाम लेखेको देखेर काका फेरि हरिबहादुरलाई भकुर्छ । नातिलाई कुटेको देखेर कतिपल्ट छोरो पूर्णबहादुलाई झम्टन पनि गएकी छिन् कमली आमा । काकाले लट्ठीले सुम्ला पर्ने गरी हानेको पिडौँला, ढाडमा तेल लगाएर सेकिदिन्छिन् | नातिलाई सेक्दासेक्दै छोरो गुणबहादुरलाई सम्झेर आँखा टिलपिल पार्छिन् | छातीमा मेघ गर्जन्छ अनि आँखाबाट झरी बर्सिन्छ | पूर्णबहादुरको मामाससुरा कर्णबहादुरलाई सबै जना बैठके बूढो भन्छन् । कर्णबहादुर काठमाडौं सहरको ठूलो जर्नेलको घरमा बैठक सफा गर्ने र मिलाउने काम गर्छ, त्यसैले उसलाई बैठके भनेको । कर्णबहादुर काठमाडौंबाट घर आएका बेलामा फर्केर जाँदा भान्जीको घरमा बास बस्न आएको छ । त्यही मेसोमा पूर्णबहादुर कमली आमासँग भन्छ, ’हरिबहादुरलाई घरमा राख्नै नसक्ने भइयो । त्यसलाई मामाससुरा कर्णबहादुरसँग काठमाडौं सहर पठाइदिन पाए दरबारमा नोकरी गर्दा मीठो खान, राम्रो लाउन पाउँथ्यो | बिग्रेर बराल्लेर हिँड्न पाउँदैन अनि मान्छे बन्छ | यो गाउँमा यसरी नै बराल्लेर हिँड्यो भने भतुवा कुकुर बराबर पनि हुँदैन । दिएको हो | छोराछोरीलाई नोकरी लगाइदेऊ भनेर मामाको पछि लाग्ने कति छन् | मामाले मेरो वचन हार्न नसकेर मात्र हुन्छ भन्नुभएको |’ पठाइदेओ न त ! त्यसले दु:ख पायो भने त्यसका बाउआमाका आत्माले सराप्छन् | दु:ख नहोओस् |’ हरिबहादुर हजुरआमाको ढाडमा टाउको राखेर धेरै बेर रून्छ | कोल्टे फर्केर सुतेकी कमली आमा पनि आँखाबाट बलिन्द्र धारा निकालिरहेकी हुन्छिन् । हिक्कहिक्क गर्दै हरिबहादुर भन्छ, 'हजुरआमा हाम्रो काकाले अंश दिनुपर्छ भनेर मलाई मार्न पठाउन लागेको । मलाई नपठाऊ हजुरआमा, म मरेँ भने तिमी कत्ति रून्छ्यौ होला । मलाई पठाउँदै पठाउँदिनँ भन न, त्यसो गरे कसो होला ? मार्न लग्न लागेको होइन । मान्छे मार्न पनि पाइन्छ ? तँ तर लाग्दै लागिनस् त के गर्नू ? तँ जा । खुरूखुरू अह्राएको काम गर्नू | मालिकले भन्या कुरो कहिल्यै नाइँ नभन्नू !’ हरिबहादुर फेरि हिक्कहिक्क गर्दै रून थाल्छ । हजुरआमा कपाल मुसार्दै मुसार्दै सुताउँछिन् । अर्को दिन दुवै हात नाम्लोको डोरीले बाँधेर हरिबहादुरलाई तान्दै लग्छ पूर्णबहादुरले | बैठके बूढो पछि लाग्छ | डोरीले बाँधेर लगेको देखेर बाटोमा हिँड्ने बटुवाहरू प्रश्न गर्छन्, ’यो दुईखुट्टे बोकोलाई कता बेच्न लगेको ? पूर्णबहादुर जवाफ दिन्छ, ’बोकाको जत्ति मात्रै बृद्धि भएको भए यसलाई यसरी लग्नै पर्दैन थियो नि !’ खाएको भए हुन्थ्यो नि ! मेरो खुट्टा-टाउको झोल हालेर खाऊ, आन्द्रा-भुँडी भुटेर खाऊ, मेरो जीउ कबाब बनाएर खाऊ, त्यसो गरे कसो होला ?’ तेरो मासु खायो भने त जीउभरि बिख फैलिन्छ । तँजस्तो बिखालु पशुको पनि मासु खान्छ कोही ?’ पूर्णबहादुर डोरी तान्दै जवाफ दिन्छ । 'तिमी मेरो काका होइनौ, तिमी डाँका हौ | मेरो अंश डाँका मार्न तिम्ले मलाई मार्न लग्दै छौ । मेरो बाउआमालाई पनि ठुँगेर तिम्ले नै मारेका हौ, मलाई पनि मारेर धनी हुने तिम्रो विचार हो, हरिबहादुर भन्छ । बैठके बूढोलाई देखाउँदै थप्छ, ’यो हरियो बाँस चढ्ने बेला भइसक्या बूढोले दलाली ग्या हो | म बाँचैं भने तिमीहरू पर्खेर बसे हुन्छ, त्यसो गरे कसो होला ? साँझको खाना खाएर कमली आमा टुकी निभाएर मनमनै कुरा खेलाएर बस्छिन्, ’छुकछुके स्वभावको छ, कत्ति पिटाइ खायो होला हरिबहादुरले । उसका बाउआमा बाँचेका भए यसरी थियो । उसलाई गाउँको विद्यालयमा डेरा भाडामा लिएर राखेर कुटीकुटी भए पनि पढाउँथे होला । बाउआमा हुनु र नहुनुमा धेरै फरक हुँदो रहेछ । सपनामा पनि सधैं उसैलाई देख्छु । हिजो बेलुकी त सपनामा त्यसलाई कुकुरले लखेटेको देखेकी थिएँ | कुकुरले लखेटेर कहीँ पुग्यायो होला !’ हरिबहादुरबारे सोच्दै गर्दा उनी निदाउँछिन् । तर, आँगनबाट आइरहेको रूवाइले उनी बिउँझिन्छिन् । उनलाई कुकुर रोएझैं लाग्छ । धेरै बेरसम्म एकोहोरो रोएको आवाज आएपछि उनी मनमनै भन्छिन्, ’यो मोरो भतुवा कुकुर किन हाम्रै आँगनमा आएर खूनुपर्ने होला ?’ घरमा आएर कुकुर रोयो भने राम्रो हुँदैन भन्छन् | झ्याल खोलेर उनी कराउँछिन्, ’जा, यहाँ बसेर कराउँछस् ?’ पूर्णबहादुरले पनि झ्याल खोलेर गाली गर्छ, ’तँलाई चितुवाले लग्न नसकेको भतुवा, किन यहाँ आएर कराउँछस् ? एकछिन् रूवाइ बन्द हुन्छ | फेरि रूवाइ सँगसँगै हरिबहादुरले सरापेको आवाज पनि आउँछ, ’तेरीमा असत्तीहरू । तिमीहरूले मलाई बेच्यौ, मान्छे बेचुवाहरू | तिमीहरूले मलाई खसी भन्ठान्या हो कि कुखुराको भाले भन्ठान्या हो बेच्नलाई ? म पनि यो घरको मान्छे हुँ, मलाई त्यसरी बेच्न पाउँछौ ? हरिबहादुरको स्वर चिनेर कमली आमा भन्याङ ओर्लेर आँगनमा आएर भन्छिन्, ’यतिबेला कसरी आइस् ? हिँड् माथि |’ हरिबहादुरको हात समातेर कमली आमाले उसलाई माथि लैजान लाग्छिन् । काका पूर्णबहादुर भन्याङको टाउकामा लात्ता उचालेर बसिरहेको हुन्छ । लामो लामो सास तानेर स्वाँस्वां गर्दै ऊ कराउँछ, ’तँलाई यो भन्याङको टाउकोबाट लात्ताले हानेर तल खसाल्छु | तेरो कीरा पन्या मुखले जे पायो त्यही भन्छस् मलाई ? सारी मिलाउँदै आएर पूर्णबहादुरकी श्रीमती भन्छे, ’कुकुरलाई किन घिउ पच्थ्यो ? फिर्ती सवारी भएछ नि ! त्यस्तो ठाउँमा बस्ने भाग्य छ यो च्यासेको |’ हरिबहादुरको टाउको मुसार्दै कमली आमा भन्छिन्, ’तँ त्यहाँ नबसेर किन आएको नि ?’ 'त्यस्ता घरमा पनि बस्छन् ? हरिबहादुर भन्छ, ’आफूहरूचाहिँ मगमग बास्ना आउने चामलको भात खाँदा रहेछन् | हामीलाई चाहिँ गनाउने उसिन्या चामलको भात खान दिने, फेरि गाई गोठालोको काम गर्नुपर्ने रे । गोठमा सुत्नुपर्ने । अनि, त्यसको छोरा महेन्द्र होइन तैपनि राजा भन्नुपर्ने रे । त्यसकी आमा रानी होइन तैपनि रानीसाब भन्नुपर्ने रे !’ पूर्ण र उसकी स्वास्नी गनगन गर्दै आफ्नो कोठाभित्र छिर्छन् । हरिबहादुरको हात समाउँदै कमली आमा उसलाई आफ्नो कोठामा लग्छिन् । टुकीको उज्यालोमा हरिबहादुरको मुखको कोतरिएको दाग देखेर सोध्छिन्, के भयो ? कसरी मुखमा घाउ लाग्यो तेरो ?’ ’पूर्णेले कोपन्यो ?’ 'को पूर्णेले कोपन्यो ? 'तिम्रो छोरो पूर्णे क्या, मेरो काका भनाउँदो |’ तँ धेरै उत्ताउलो नहो गधा । केही बिगारिस् होला, अहिले काकालाई दोष लगाउँछस् ? 'तिम्ले पशुपतिनाथको दर्शन गर्न जानु भन्याथ्यौ नि, दर्शन गर्न गएको, त्यहीँ मन्दिरमा त थुप्रै पूर्णेहरू हुँदा रहेछन् । एउटा पूर्णेले कोपन्यो मलाई काँधमा चढेर |’ 'केही बिगार नगरी बाँदरले केही गर्दैन | बाँदरलाई जिस्काइस् होला ? हरिबहादुर एकछिन चुप लाग्छ । अनि, भन्छ, 'हजुरआमा, भोक लाग्यो केही खान देऊ न, त्यसो गरे कसो होला ?’ ’केही खाएको छैनस् ? बिगौती दूध छ, चिउरासँग खान्छस् |’ कमली आमा उठेर भान्छामा जान्छिन् । हरिबहादुरले जय नेपाल लेखेको झोलाबाट एउटा फरिया झिक्छ । हजुरआमा गिलासमा बिगौती दूध, थालमा चिउरा र सखर लिएर आउँछिन् । 'ल हजुरआमा तिमीलाई मैले एउटा फरिया किनेर ल्याइदिएको छु । लगाऊ है नातिले ल्याइदेको भनेर, पैंतीस रूपैयाँ पन्या छ,’ फरिया दिँदै हरिबहादुर भन्छ । पैसाचाहिँ कहाँ भेट्टाइस् नि फरिया किन्न ? हजुरआमा सोध्छिन् | 'पशुपतिनाथले दिएको । ए हरिबहादुर ! तेरी हजुरआमालाई फरिया किन्दे, अलिकति बाटो खर्च राख् भनेर पैसा दिएका थिए ।’ कमली आमा मुसुमुसु हाँस्दै भन्छिन्, ’कत्ति कुरा आएको नि यो छुचुन्द्वेलाई |’ 'पशुपतिनाथले प्रसाद पनि पठाइदिएका छन्,’ भन्दै हजुरआमालाई एउटा पेडा र फूल पनि दिन्छ । तँ काठमाडौं सहरबाट हिँड्या कति दिन भयो ? 'तीन दिन |’ ’अनि, तीन दिनसम्म फूल यस्तो आलै हुन्छ ? तेरीमा लुच्चा, यतै हाम्रो बारीमा टिप्याजस्तो छ |’ पशुपतिनाथको प्रसाद भएर ओइलाएन होला नि, लाऊ न बूढी,’ हजुरआमाको टाउकोमा फूल राखिदिँदै भन्छ, ’लौ बूढी, भाग्यमानी भए |। एक सय बीस वर्ष बाँचे |’ कमली आमा मुसुक्क हाँस्दै नातिलाई अँगालो मार्छिन् । भन्छिन्, ’तँ सुध्नेको हेरेर मर्न पाए हुन्थ्यो । अनि, काका-काकीलाई केही ल्याइदिनस् ? 'तिनीहरूलाई त भोलि बिहान एउटा टपरी लिएर गोठमा जान्छु अनि आलो गोबर हालेर लेऊ तिमीहरूलाई हलुवा ल्याइदिएको छु, खाओ भनिदिन्छु |’ 'तँ बढ्ता हुन्छस् ? मेरो छोरालाई त्यसो भन्छस् ? ’साउँको भन्दा ब्याजको माया लाग्छ भन्छन् नि ! म त तिम्रो ब्याज हुँ । तिमीलाई मेरो धेरै माया लाग्छ, मलाई थाहा छ |’ सुत् । यति बेला भइसक्यो |’ ’पख, मलाई पिसाब आइराख्या छ,’ ऊ भन्छ । अनि, झ्याल खोलेर चोक भिजाउँछ । कमली आमा कराउँछिन्, ’बूढो हुन लागिसक्यो । अझ झ्यालबाट तुर्काउन छोडेको छैन | म तेरो तुन्तुरोमा सिस्नो लाइदिन्छु अब हरिबहादुर आएर हजुरआमासँग घुस्रिन्छ । ढाडमा टाउको राखेर निदाउँछ । नाति गएदेखि राम्रोसँग निदाउन नसकेकी हजुरआमा पनि तुरून्तै निदाउँछिन् । बिहानको घाम खसेर गाउँ उज्यालो भएको छ । पूर्णबहादुरको मुखचाहिँ अँध्यारो छ । आफ्नो घरमा फेरि साढे सातको दशा, राहुको दशा, केतुको दशा आएको ठानेर ऊ चिन्तित छ । सात डाँडा कटाएर आएको त्यो दशा फर्केर आएको छ | त्यो नहुँदा कति आनन्द भएको थियो | तर, फेरि नचाहँदा नचाहँदै फर्केको छ त्यो दशा । तर, कमली आमाको मनचाहिँ घामसँगै उज्यालो भएको छ । जतिसुकै थेचारो भए पनि जतिसुकै जरकट्टो भए पनि नाति नहुँदा घर शून्य भएको थियो| आज ऊ आएको छ, घर घरजस्तो भएको छ । घाममा राखेर मयल माडीमाडी हरिबहादुरलाई नुहाइदिएर तेल पनि घसिदिन मन लागेको छ उनलाई । त्यसैले कमली आमाले गाग्रोमा पानी ल्याएर घाममा राखेको भिउँटमा खन्याएकी छन् | हरिबहादुरचाहिँ दश बजेतिर उठेर जीउ तान्दै आँगनमा आउँछ । कमली आमा गिलास दिँदै भन्छिन्, ’ल बिगौती, अलिअलि जम्या’छ, खा |’ आमासँगै बसेको पूर्णबहादुरले हरिबहादुरलाई हेरेर भन्छ, ’मेरो हातमा जम्या दही खुवाउन पर्नेलाई बिगौती दूध ?’ देखिनसहेर पनि हो यो बिग्रेको । अहिले त केही ग्या छैन नि यसले ? किन गाली गर्छस् |’ 'पर्दैन, गाईको दूध यसलाई खुवाउन | यो गाई मैले किनेर ल्याएको हो |’ ’उसो भए तँ पनि तल्लो खेतको चामल नखा, उसको बाउले जोडेको खेत हो त्यो |’ हरिबहादुरले बिगौती दूध फ्याँकिदिन्छ रछ्यानमा । हरिबहादुरको भयो भने तैले ओखती गर्छस् ? अनि, उसको गालामा हान्छ एक झापड । हरिबहादुर आँगनमा लड्छ । हरिबहादुरले कट्टु खोलेर कम्मर घुमाईघुमाई पिसाब फेरेर रातो माटोले लिपेको आँगनमा ’पूर्णे’ लेखिदिन्छ । के ग्या यस्तो | आफूभन्दा ठूलोको नाम पिसाबले लेख्छन्, असत्ती ?’ कमली आमा उफ्रिन्छिन् । यो ठूलो ? यो मन्यो भने त म यसको नुन पनि बार्दिनँ,’ हरिबहादुर रुँदै भन्छ । ए, तेरो मुखमा सनासो छिराएर मुख च्यातिदिऊँ ? त्यति नै बेला लठ्ठीमा घन्टी झुन्ड्याएको हुलाकी आइपुग्छ र भन्छ, ’पूर्णबहादुरको घर यही हो ?’ आँगनमा पूर्णे लेखेको देखेर ’ए हो रहेछ’ भन्छ, अरूले केही भन्नुभन्दा अघि नै | र, झोलामा चिट्ठी खोतल्दै सोध्छ, ’करूवामा पानी हालेर पूर्णे लेख्या हो कि क्या हो ?’ 'होइन, तुरी गरेर लेख्या हो, प्याट्ट भन्छ हरिबहादुर । हुलाकी मुसुक्क हाँस्छ र भन्छ, ’ल पूर्णबहादुरको चिट्ठी । पठाउने कर्णबहादुर बैठके, पाउने पूर्णबहादुर क्षत्री |’ हरिबहादुर झसङ्ग हुन्छ | आफूले जर्साबको घरमा गरेको बिगो बैठकेले सबै चिट्ठीमा लेखेर पठाएको छ होला, ऊ सोच्छ । पूर्णबहादुरले चिट्ठी पढ्छ अनि भन्छ, ’लौ सुन बूढी, तिम्रो नातिको पराक्रम |’ हरिबहादुरलाई कता लुकम्, कता लुकम्झैं हुन्छ | पूर्णबहादुरले चिट्ठी पढ्छ : भान्जीज्वाईँ पूर्णबहादुरमा सादर ढोग छ । त्यहाँ आरामै होला भनी पशुपतिनाथसँग प्रार्थना गरिरहेको छु । ज्वाइँसाहेब, लेख्न पनि लाज लागीलागी लेख्दै छु । तपाईको भतिजोले त मेरो नाकमा दिसा लगाइदियो जर्साब र रानीसाहेबको अगाडि । त्यसले बलिरहेको बिजुलीको चुलोमा पिसाब फेरेर बिजुलीको मिटर नै पड्काइदियो । मिटरसँगसँगै मेरो इज्जत पनि पड्काइदियो । जर्साबले डिल्लीबाट ल्याइबक्सेको अति नै स्वादिलो फल फल्ने अनारको रूख काटेर खेल्ने मुङ्ग्रो बनायो । माग्नेको छोराको धारले काटेर कसो माग्नेको छोराको अण्डकोष नै कचौरामा आएन, भगवान्ले बचाउनु भएछ ॥’ पूर्णबहादुरले पढेको चिट्ठी सुनेर कमली आमा पूर्पुरोमा हात राखेर थुचुक्कै बस्छिन् । हरिबहादुर घोसे मुन्टो लगाएर बस्छ | ज्वाइँसाहेब त्यतिले मात्रै नपुगेर गोठालोको कोठामा भएको बाकस फोडेर सात सय रूपैयाँ पनि चोरेर, फेरि पनि बिजुली मिटर पड्काएर भागेछ । त्यो फटाहा लुच्चो अहिले कता छ, के छ मलाई थाह्य छैन । त्यो हरायो भने मलाई गाल नपरोस् भनेर यो पत्र लेखेको छु । गल्ती भए माफ पाऊँ । तपाईंको मामा कर्णबहादुर । ’देख्यौ बूढी, तिम्रो नातिको चाला ? भन्दै आँगनमा सिउरेको लट्ठी झिकेर पूर्णबहादुरले हरिबहादुरको ढाडमा बर्साउँछ । हरिबहादुर ’ऐय्या ऐय्या’ भनी कराउँछ | पूर्णबहादुरले झम्टीझम्टी लौराले हान्छ । हरिबहादुर पशुपतिको उफ्रेर आफ्नो काँधमा चढेर टोकेको, चिथरेको सम्झन्छ र त्यसरी नै उफ्रेर काकाको गर्धन र गालामा टोक्न थाल्छ । पूर्णबहादुर हरिबहादुरको बोझ बोक्न नसकेर आँगनमा ढल्छ । आफूलाई हानेको लट्ठी खोसेर हरिबहादुरले पूर्णबहादुरलाई सुम्ल्याउँछ । कमली आमा डाँको छोडेर रून थाल्छिन् | लट्ठी खोसेर हरिबहादुरलाई हान्छिन्, ’छोड्, काकालाई छोड |’ हरिबहादुरले आँगनमा भएको सिलौटोमीथिको लोहोरो लिएर काकाको खुट्टामा हान्छ | पूर्णबहादुर कराउँछ, ’मरे नि बाबा, ऐय्या.. |’ तँलाई यसो नगरेरै हो मलाई हेपेको | तँलाई त यस्तै गर्नुपर्छ । त्यसो गरे कसो होला ?’ भन्दै आँगनबाट निस्केर हिँड्छ हरिबहादुर | कमली आमा रून थाल्छिन्, ’कस्तो बेलामा जन्मेछ यो ? बाउ आमा पनि मरेर गए, नत्र आफ्नो छोरो आफैँ स्याहार्थे । मैले त नसक्ने भएँ । हे भगवान्, मैले के गर्ने होला ? घरमा रूवाबासी सुनेर छरछिमेकीहरू पनि जम्मा हुन्छन् । पूर्णबहादुरको खुट्टाको औंला लोहोराले लागेर फ्यात्तै भएको छ । रगत बगेको छ । गुञ्जमानले तीतेपाती ल्याएर निचर्दै रस घाउमा चुहाइदिन्छ | गुञ्जमान भन्छ, ’औँला नै भाँच्या छ | यहाँ हाम्ले गरेर हुँदैन, सदरमुकाम नै लग्नुपर्छ |’ तल्लाघरे पण्डित बाजे पूर्णबहादुरलाई सम्झाउँछन्, ’यो उमेर भनेको आइलाग्यो भने जाइलाग्ने उमेर हो | यिनीहरूलाई पिटेर मात्र हुँदैन, राम्रोसँग सम्झाउनु पर्छ | कुमालेले काँचो माटोलाई घुमाएर जस्तो भाँडा पनि बनाउन सक्छ । त्यस्तै यिनीहरूलाई पनि यो उमेरमा विद्वान्-खराब जस्तो पनि बनाउन सकिन्छ |’ पूर्णबहादुरकी श्रीमती कराउँछे, ’के भन्या यो पण्डित बाजेले ? हाम्ले पढ्न नपठाएको हो ? त्यो भालुलाई पुराण नसुनाएको हो हामीले ? पण्डित बाजे भन्छन्, ’पिटाइ अलि बढी नै भएको हो त्यो बच्चोलाई । हामी त सुन्छौं नि पिटेर रोएको । पढ्न पनि पदढ्थ्यो होला राम्रोसँग सम्झाएको भए । त्यो हरिबहादुरजस्तो चतुरे केटो त को छ र यो गाउँमा ? तर, त्यो बिग्रियो |’ पूर्णबहादुरकी श्रीमती पड्किन्छे, 'त्यस्तो तर लाग्ने भए तपाईं नै लगेर वेद पढाउनूस् न त ! पण्डित बाजे पनि मान्छे भड्काउने मात्र कुरा गर्नुहुन्छ |’ ’अहिले झगडा नगर्नूस्/ गुञ्जमान पूर्णेको खुट्टामा काम्रो बान्दै भन्छ, ’पूर्णेलाई तुरून्तै बोकेर लग्न पन्यो सदरमुकाम |’
Read Next Chapter Chapter 4